Tuesday, April 28, 2009

ट्राफिक व्यवस्थापनकमा संगीतकर्मी

NEWSPLUS,

राजधानीको ट्राफिक व्यवस्थापनकमा संगीतकर्मीले सहयोग गरे। नेपाल सांगीतिक संघको आयोजनामा बिहीबार भेला भएका गायक गायिका र संगीतकारले पैदलयात्रु र सवारी चालकलाई ट्राफिक नियमकोबारे समेत जानकारी गराएका थिए।बिहान ९ देखि १२ बजेसम्म राजधानीको ब्यस्त सडक भोटाहिटी रत्नपार्क शहीदगेटलगायतका स्थानमा उनीहरु सकि्रय रहे। लोकगायक बद्री पंगेनीले गीतमार्फत् सही तरिकाले बाटो पार गर्न सन्देश दिए। 'ट्राफिक विशेष कार्यक्रम-२०६६' को अवसरमा न्युह वज्राचार्य, योगेश्वर अमात्य, कोमल ओली, रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, मौसमी गुरुङ ,विमल डाँगीलगायत् करिब ४५ संगीतकर्मी उपस्थित थिए।