Wednesday, April 15, 2009

क्याम्पस खुल्यो

Newsplus,
स्वतन्त्र विद्यार्थी युनियनको मतदानमा तनाव भएपछि बन्द रहेको बुटवल क्याम्पस बुधबारदेखि संचालनमा आएको छ। स्ववियु मतगणनाका बेला अनेरास्वियु क्रान्तिकारी र अन्य विद्यार्थी संगठनबीच मतपत्र च्यातेको भन्दै विवाद भएपछि क्याम्पस बन्द रहेको थियो।विद्यार्थीहरुले पटक पटक प्रदर्शन गर्दै पठन पाठन संचालन गर्न माग गरेका थिए। सोही अनुसार विवादलाई पछि केन्द्रबाटै मिलाउने शर्तमा पठनपाठन संचालनमा आएको हो।

No comments:

Post a Comment