Sunday, May 17, 2009

माओवादीको प्रदशन

Newsplus,
प्रधानसेनापति प्रकरणमा राष्ट्रपति डाक्टर रामबरण यादवले चालेको कदम असंवैधानीक भएको भन्दै एकीकृत नेकपा माओवादीले काठमाण्डू लगायत देशका मुख्य चार शहरमा पर््रदशन शुरु गरेको छ । काठमाण्डू, विराटनगर, नेपालगञ्ज र धनगढीमा राष्ट्रपतिको कदम विरुद्ध पर््रदशन शुरु भएको एकीकृत नेकपा माओवादीले जनाएको छ । पर््रदशन संगै दिउँसो खुल्ला मञ्चमा विरोध सभा गरिने माओवादी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । काठमाण्डू र आसपासका क्षेत्रबाट मात्रै झण्डै ३ लाख नागरिक सडकमा उत्रिने उहाँको दावी छ । राष्ट्रपतिले नागरिक सर्वोच्चतालाई चुनौती दिदै संविधान विपरित काम गरेकाले नागरिक सर्वोच्चता कायम गर्न पर््रदशन गर्न लागिएको उहाँको भनाई छ । राष्ट्रपतिको कदम फिर्ता हुनुपर्ने र नागरिक सर्वोच्चता कायम हुनुपर्ने माओवादीको माग छ । खुल्लामञ्चमा हुने विरोध सभालाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले ठाउँ ठाउँ बाट विरोध जुलुस निस्किरहेकेा छ । जुलुसको नेतृत्व गर्दै काम चलाउ सरकरका मन्त्रीहरु राष्टपति निवास हुदै काठमाण्डूका विभिन्न ठाउँको परिक्रमा गर्ने कार्यक्रम छ । बिरोध जुलुशका कारण काठमाण्डु उपत्यकाको सवारी आवागमनमा बाधा पुगेको छ ।

प्रचण्डको आहृवान

Newsplus,
काम चलाउ सरकारका प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका लागि दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानसेनापति रुक्मांगद कट्वाललाई निरन्तरता दिने राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै एकीकृत माओवादीले काठमाण्डूमा गरेको सभालाई संवोधन गर्दै उहाँले आफूहरु नागरिक सर्वोच्चताका लागि सरकारबाट हटे पनि शान्ति प्रकृयाप्रति प्रतिवद्ध रहेको बताउनुभयो । विदेशीको इशारामा नया सरकार बन्न लागेको र शान्ति प्रकृया भांड्ने षडयन्त्र भैरहेको उहाँले आरोप लगाउनुभयो ।

राष्ट्रपतिको कदमविरुद्ध


राष्ट्रपतिको कदमविरुद्ध एकीकृत नेकपा माओवादीले काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालेका कारण यातायात प्रभावित भएको थियो।

Tuesday, May 12, 2009

विरोधको नयाँ शैलि


हरियो बाँसमा झुण्डिएका आधा दर्जनभन्दा बढी लाश…किरिया बसे जस्तै कपाल खौरिएकाहरु…एकोहोरो फुकेको शंखको आवाज….
धेरै मान्छे छक्क परे आखिर यो के रहेछ ? पछि पो थाहा भयो, यो त विरोधको नयाँ शैलि रहेछ माओवादीहरुको। राष्ट्रपतिको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै सडकमा आन्दोलन गरिरहेका माओवादीहरुले आफूलाई मन नपर्ने नेता र राजदूतहरुको पुत्लाको लाश बनाई विरोध गरेका रैछन्।
त्यसो त टायर जलाएर आफ्नै र अरुको स्वास्थ्यमा हानी हुने गरी विरोध प्रदर्शन गर्नुभन्दा यस्तो विरोध राम्रो हो। तर यस्ता लाश नक्कली नै भए पनि सक्कली झैँ देखिने हुँदा यो देख्‍दा अलि मनै कस्तो कस्तो भने हुने रहेछ।राष्ट्रपति रामवरण यादव, सेनापति रुक्माङ्गद कटवाल, भारतीय राजदूत राकेश सूद, अमेरिकी राजदूत न्यान्सी जे पावेल, एमाले नेता केपी ओली, काँग्रेस नेता शेरबहादुर देउवा लगायतका नेताहरुको नाम लेखेर पुत्ला बनाइएको थियो।








वृद्धा बलात्कृत

Newsplus,
एक सय २ वर्षिया वयोवृद्धालाई बलात्कार गरेको आरोपमा धादिङको बेल्खुबाट दुई जना प्रकाउ परेका छन् । यसरी पक्राउ परेका धादिङ बैरेनीका ५० वर्षिय रामबहादुर दमाई र कुमबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय गजुरीले आवश्यक कारवाही शुरु गरेको प्रहरी निरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।उनीहरुलाई स्थानीय महिलाहरुले धादिङको बैरेनी गाविस ७ को बेल्खुमा एक्लै बस्दै आइरहेकी ती वृद्धालाई बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

विमानस्थलमा ३५ प्रहरी बिरामी

Newsplus,

त्रिभुवन विमानस्थलको सुरक्षाका लागि खटिएका करिव तीन दर्जन प्रहरी अज्ञात रोगका कारण एक्कासी बिरामी परेका छन् । सोमबार राती ८ बजेदेखि ती प्रहरीलाई टाउको दुख्ने, बान्ता आउने र रिङ्गटा लाग्ने भएपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।बिरामी परेका ३५ सुरक्षाकर्मीको अहिले वीरेन्द्र प्रहरी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुमा ´स्वाइन फ्लु´ को आशंका गरिए पनि अस्पतालले भने खराब पानीका कारण बिरामी परेको जनाएको छ । उनीहरुले खाना खाने मेसमा रहेको खानेपानीका कारण उनीहरु बिरामी परेको अस्पतालले जनाएको छ । उनीहरुमा ´स्वाइन फ्लु´ को लक्षण नरहेको अस्पातलले जनाएको छ । विमानस्थलमा पर्यटक ओहोरदोहोर गर्ने केन्द्र भएको हुनाले स्वाइन फ्लुको आशंका गरिएको थियो ।उपचारमा संलग्न चिकित्सक डा. संगिता घिमिरे र डा. मनिषा मास्केका अनुसार अस्पतालमा भर्ना भएका ३२ मध्ये १२ को अवस्था गम्भिर छ । उपचारका लागि अस्पताल लगिएका मध्ये कोही पनि काममा फर्किएका छैनन् ।

Respect

The respect you earn is no lesser or greater than the respect than your own self-respect. Therefore, respect yourself and God and the world will respect you.

Monday, May 4, 2009

प्रधानमन्त्रीद्वारा राजिनामा


Newsplus,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारबाट राष्ट्रको नाममा संवोधन गर्दै प्रधानमन्त्रीले राजिनामाको घोषणा गर्नुभएको हो । उहाँले आजै राष्ट्रपतिलाई राजिनामा पत्र बुझाउनु हुनेछ । संवोधनका क्रममा उहाँले अहिले लोकतन्त्र खतरामा परेको बताउँदै देश र नागरिकका नाममा जस्तोसुकै बलिदान दिन पनि आफु तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलामा विदेशीको हस्तक्षेप आफूहरुलाई स्वीकार्य नभएको भन्दै राष्ट्रिय स्वाभिमानका पक्षमा आफूले जस्तो सुकै संर्घष्ा गर्न परेपनि तयार हुने जानकारी दिनुभयो । माओवादीले सत्ता कब्जा गर्न खोजेको भनेर लगाइएका आरोपहरुमा निहित स्वार्थ लुकेकेा उहाँको भनाई छ । प्रधानसेनापतिलाई कारवाही गर्ने सरकारको निर्ण्र्ााउल्टाउन राष्ट्रपतिले गरेको निर्ण्र्ााअसंबैधानिक र अलोकतान्त्रिक भएको उहाँको ठहर छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई जननिर्वाचित सरकारका विरुद्ध उस्काउने कामले लोकतान्त्रिक गणतन्त्रमाथि घातक प्रहार भएको बताउनुभयो । आफूले देश र जनतको पक्षमा गर्न खोजेको कामलाई सफल हुन नदिन साना तिना निहुमा वाधा खडा गरिएको उहाँले गुनासो गर्नुभयो ।

सदन अवरुद्ध गर्ने

Newsplus,

एकीकृत नेकपा माओवादीको मंगलबार विहान बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले आफ्नो कदम सच्याएर सेनापतिलाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने निर्णय गरेको छ । दलको कार्यालय सिँहदरबारमा बसेको बैठकले मन्त्रीपरिषद्को निर्णय उल्ट्याउने राष्ट्रपतिको कदमविरुद्ध सशक्त विरोध गर्ने निर्णय गरेको छ ।  माओवादी संसदीय दलको बैठकले राष्ट्रपतिले संसदसमक्ष माफी नमागेसम्म सदन अवरुद्ध गर्ने निर्णय गरेको छ ।

Sunday, May 3, 2009

हवाहुरीका कारण देशभर जनधनको क्षति, ६ जनाको मृत्यु

Newsplus,

हावाहुरीका कारण देशका विभिन्न ठाउँमा जनधनको ठूलो क्षति भएको छ । ६ जनाको ज्यान गएको छ भने दर्जनौ र्घाईते भएका छन् । रौतहट, महोत्तरी, बारा, कैलाली, पर्सर्ाागायतका जिल्लामा सयौं घर हावाहुरीले उर्डाई दिएको छ । रौतहटमा पाँच जनाको ज्यान गएको छ भने १३ जना र्घाईते भएका छन् । हावाहुरीका कारण रौतहटको प्रि्रा पोखरिया वडा नं १ की ६० वषर्ीया बालकेसी देवी, र्सपलाल साहका एक वषर्ीय छोरा, शीतलपुर वर्गनीया गाविस ९ का हरि बैठाकी १० वषर्ीया छोरी,मडवलवा गाविस वडानंबर ३ का कमल शाह कानूकी तीन वषर्ीया छोरी र धर्मपुर स्थित मामा घर गएकी संग्रामपुरकी अमृता कुमारीको ज्यान गएको छ । त्यस्तै र्सलाहीको भक्तिपु २ का विनोद रायको रुले च्यापेर ज्यान गएको छ । घर भत्किँदा रौतहटको प्रि्रा पोखरियाका र्सपलाल साहको परिवारका ६ जना र्घाईते भएका छन् । घाइते मध्ये दर्ुइको अवस्था गंभीर छ । त्यस्तै आफनै घर अगाडिको रुख ढल्दा बसतपुर गाविस वडा नं २ की ५५ वषर्ीया धनमन्तीदेवी र जीतादेवी गम्भिर घाइते हुनु भएको छ । मुडबलवामा घर भत्किँदा तीन जना र्घाईते भएका छन् । त्यस्तै ब्रहृमपुरीको विद्यालयको छाना उडाउँदा शिक्षक मुरारी सिंह र पियन घाइते भएका छन । इलाका प्रहरी कार्यालय कटहरीया दर्जनौ स्कूलको छाना उर्डाई दिएको छ । प्रहरी कार्यालयमा रहेको संचार ऐण्टेना उडाउदा कतिपय प्रहरी चौकी संचार बिहिन भएका छन । त्यसैगरी महोत्तरीको हरिन मरी गाविसको वडानंबर ३, ४ र ५ नंबर वडाका २४ घरको छाना हावाले उर्डाई दिएको छ । त्यस्तै महोत्तरी गाविसमा रहेको मदर टेरेसा स्कूलको पर्खा भत्किँदा र छानो उडाउँदा सात विद्यार्थी र्घाईते भएका छन् । उनीहरुको जनकपुरमा उपचार भैरहेको छ । त्यस्तै हावा हुरीले बीरगंजका बिभिन्न ठाउमा क्षति पुगेको छ बीरगंजको नगवा नयाँ बस्तीका भीम श्रेष्ठको घर हुरीले भत्काएको हो । त्यस्तै एक दर्जन भन्दा बढी बासिन्दाको घरको छाना उर्डाई दिएको छ । त्यस्तै पर्सर्ााे जानकारीटोलमा रहेको मोवाइलको टावर भत्किदा ग्रामीण क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भएको छ । हावाहुरीले बारा तेलकुवाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको छाना उडाउँदा दर्ुइ जना विद्यार्थी र्घाईते भएका छन् । यसैबीच हावाहुरीले रुख लडाएर विजुलीको तार चुडाएपछि बर्दिया, कैलाली,दाङ् र सल्यानमा विद्युत सेवा बन्द भएको छ । चट्याङ् परेर दाङ् हापुर वगालेका टेकबहादुर वलीको घरमा आगो लागेको छ । यस्तै गोरखाको खरिबोटमा धनजनको क्षति हुने गरी परेको चटयाङ्गबाट पीडितहरुको उद्धार कार्य मौसमी प्रतिकूलताको कारण प्रभावित भएको छ

र्समर्थन र विरोधमा ठाउँठाउँमा प्रदर्शन

Newsplus,
सरकारले प्रधानसेनापति रुक्माङगद कटवाललाई हटाएको विरोध र र्समर्थनमा काठमाण्डू उपत्यका सहित देशका विभिन्न ठाउँमा पर््रदर्शन भएको छ । पर््रदर्शनका कारण काठमाण्डूका रत्नपार्क, पुतलीसडक, चाबहिल, दरवारमार्ग, लैनचौर लगायतका स्थानमा सवारी आवगमन अवरुद्ध भएको छ । कटवाललाई हटाएको विरोधमा नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाण्डूको त्रिचन्द्र क्याम्पस घण्टाघर, शंकरदेव क्याम्पस पुतलीसडक, पशुपति क्याम्पस चावहिललगायतका क्याम्पस अघिका सडकमा विरोध पर््रदर्शन गरेको छ । त्यस्तै कटवाललाई हटाएको र्समर्थनमा एकीकृत नेकपा माओवादीका भ्रातृ संगठनहरुले काठमाण्डुका विभिन्न ठाउँमा जुलुश निकालेका छन् ।

UML pulls out of govt

Newsplus,

An emergency meeting of the second largest coalition partner, CPN-UML, has decided to pull out of the five-party coalition and withdraw its support to the Maoist-led government with effect from today, party General –Secretary Ishwar Pokharel said. The decision follows UML’s disagreement with Maoists over the latter’s unilateral decision to sack army chief Rookmangud Katawal. “We took the decision because the Maoists have breached the politics of consensus and collaboration,” Pokharel told journalists after the meeting.
Source: Republica

Newsplus,
एकीकृत माओवादीले एकल निर्ण्र्ाााट प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएको भन्दै नेकपा एमाले सरकारबाट बाहिरिने निर्ण्र्ाागरेको छ । एमाले पार्टर्ीीार्यालय बल्खुमा बसेको स्थायी समिति बैठकले सरकारबाट बाहिरिने निर्ण्र्ाागरेको महासचिव इश्वर पोख्रेलले जानकारी दिनुभयो । एमालेले सरकार सञ्चालनका लागि एकीकृत माओवादीलाई दिएको विश्वासको मत पनि फिर्ता लिएको छ ।

कटवाललाई कारबाही







प्रधानसेनापति बर्खास्त










Newsplus,



मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले कटवाललाई हटाउने र कुलबहादुर खडकालाई कामु प्रधानसेनापति मुकरर गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठक एमालेले बहिस्कार गर्‍यो भने फोरमले निर्णय प्रक्रियामा असहमति जनायो।मन्त्रिपरिषद्को बैठकले सैनिक ऐन २०६३ को धारा ११ को उपदफा ३ अनुसार प्रधानसेनापतिलाई बर्खास्त गरेको जनाएको छ।यसअघि भएको मन्त्रिपरिषद बैठक सत्ता साझेदार एमालेले बहिष्कार गरेको थियो भने फोरमले निर्णय प्रक्रियामा असहमति जनाएको थियो। उता सेनापतिको बर्खास्तलाई लिएर विभिन्न स्थानमा विरोध र समर्थनमा जुलुस निस्कन थालेका छन्। माओवादीहरु सरकारी निर्णयको समर्थन र कांग्रेसलगायतका दलका भातृसंगठन भने विरोधमा उत्रेका थालेका छन्।नेपाली कांग्रेसले सेनापति बर्खास्त गर्ने निर्णय गैरस‌ंवैधानिक बताएको छ।विकसित घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक पार्टी मुख्यालय बल्खुमा बसिरहेको छ।
विपक्षी कांग्रेस सहित संविधानसभामा प्रतिनिधित्व गर्ने १५ दलहरुले प्रधानसेनापतिलाई बर्खास्त गर्ने सरकारी निर्णयको भर्त्सना गरेका छन्। कांग्रेसले डाकेको सर्वदलीय बैठकपछि उनीहरुले संविधानमा व्यवस्था भएअनुसार कदम चाल्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेका छन्।


Govt decides to sack CoAS Katawal
Nepalese army general fired by PM
Newsplus,


A joint meeting of the seventeen political parties Sunday criticised the government's decision to retire Chief of Army Staff Rukmangud Katawal.After a meeting called by the main opposition party, Nepali Congress here Sunday afternoon, seventeen parties agreed to urge the President Dr Ram Baran Yadav to take the issue seriously, NC Vice President Sushil Koirala said. The parties also defined the unilateral move of the UCPN-Maoist on the CoAS issue as the defiance of the interim constitution and the agreements reached with the parties. They also warned the government to roll back its decision to sack Katawal at the earliest. The meeting was attended by the leaders of NC, UML, TMDP, RPP and Sadbhawana party among others.