Sunday, May 17, 2009

माओवादीको प्रदशन

Newsplus,
प्रधानसेनापति प्रकरणमा राष्ट्रपति डाक्टर रामबरण यादवले चालेको कदम असंवैधानीक भएको भन्दै एकीकृत नेकपा माओवादीले काठमाण्डू लगायत देशका मुख्य चार शहरमा पर््रदशन शुरु गरेको छ । काठमाण्डू, विराटनगर, नेपालगञ्ज र धनगढीमा राष्ट्रपतिको कदम विरुद्ध पर््रदशन शुरु भएको एकीकृत नेकपा माओवादीले जनाएको छ । पर््रदशन संगै दिउँसो खुल्ला मञ्चमा विरोध सभा गरिने माओवादी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । काठमाण्डू र आसपासका क्षेत्रबाट मात्रै झण्डै ३ लाख नागरिक सडकमा उत्रिने उहाँको दावी छ । राष्ट्रपतिले नागरिक सर्वोच्चतालाई चुनौती दिदै संविधान विपरित काम गरेकाले नागरिक सर्वोच्चता कायम गर्न पर््रदशन गर्न लागिएको उहाँको भनाई छ । राष्ट्रपतिको कदम फिर्ता हुनुपर्ने र नागरिक सर्वोच्चता कायम हुनुपर्ने माओवादीको माग छ । खुल्लामञ्चमा हुने विरोध सभालाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले ठाउँ ठाउँ बाट विरोध जुलुस निस्किरहेकेा छ । जुलुसको नेतृत्व गर्दै काम चलाउ सरकरका मन्त्रीहरु राष्टपति निवास हुदै काठमाण्डूका विभिन्न ठाउँको परिक्रमा गर्ने कार्यक्रम छ । बिरोध जुलुशका कारण काठमाण्डु उपत्यकाको सवारी आवागमनमा बाधा पुगेको छ ।