Monday, May 4, 2009

प्रधानमन्त्रीद्वारा राजिनामा


Newsplus,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारबाट राष्ट्रको नाममा संवोधन गर्दै प्रधानमन्त्रीले राजिनामाको घोषणा गर्नुभएको हो । उहाँले आजै राष्ट्रपतिलाई राजिनामा पत्र बुझाउनु हुनेछ । संवोधनका क्रममा उहाँले अहिले लोकतन्त्र खतरामा परेको बताउँदै देश र नागरिकका नाममा जस्तोसुकै बलिदान दिन पनि आफु तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलामा विदेशीको हस्तक्षेप आफूहरुलाई स्वीकार्य नभएको भन्दै राष्ट्रिय स्वाभिमानका पक्षमा आफूले जस्तो सुकै संर्घष्ा गर्न परेपनि तयार हुने जानकारी दिनुभयो । माओवादीले सत्ता कब्जा गर्न खोजेको भनेर लगाइएका आरोपहरुमा निहित स्वार्थ लुकेकेा उहाँको भनाई छ । प्रधानसेनापतिलाई कारवाही गर्ने सरकारको निर्ण्र्ााउल्टाउन राष्ट्रपतिले गरेको निर्ण्र्ााअसंबैधानिक र अलोकतान्त्रिक भएको उहाँको ठहर छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई जननिर्वाचित सरकारका विरुद्ध उस्काउने कामले लोकतान्त्रिक गणतन्त्रमाथि घातक प्रहार भएको बताउनुभयो । आफूले देश र जनतको पक्षमा गर्न खोजेको कामलाई सफल हुन नदिन साना तिना निहुमा वाधा खडा गरिएको उहाँले गुनासो गर्नुभयो ।