Monday, May 4, 2009

सदन अवरुद्ध गर्ने

Newsplus,

एकीकृत नेकपा माओवादीको मंगलबार विहान बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले आफ्नो कदम सच्याएर सेनापतिलाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने निर्णय गरेको छ । दलको कार्यालय सिँहदरबारमा बसेको बैठकले मन्त्रीपरिषद्को निर्णय उल्ट्याउने राष्ट्रपतिको कदमविरुद्ध सशक्त विरोध गर्ने निर्णय गरेको छ ।  माओवादी संसदीय दलको बैठकले राष्ट्रपतिले संसदसमक्ष माफी नमागेसम्म सदन अवरुद्ध गर्ने निर्णय गरेको छ ।