Sunday, May 3, 2009

हवाहुरीका कारण देशभर जनधनको क्षति, ६ जनाको मृत्यु

Newsplus,

हावाहुरीका कारण देशका विभिन्न ठाउँमा जनधनको ठूलो क्षति भएको छ । ६ जनाको ज्यान गएको छ भने दर्जनौ र्घाईते भएका छन् । रौतहट, महोत्तरी, बारा, कैलाली, पर्सर्ाागायतका जिल्लामा सयौं घर हावाहुरीले उर्डाई दिएको छ । रौतहटमा पाँच जनाको ज्यान गएको छ भने १३ जना र्घाईते भएका छन् । हावाहुरीका कारण रौतहटको प्रि्रा पोखरिया वडा नं १ की ६० वषर्ीया बालकेसी देवी, र्सपलाल साहका एक वषर्ीय छोरा, शीतलपुर वर्गनीया गाविस ९ का हरि बैठाकी १० वषर्ीया छोरी,मडवलवा गाविस वडानंबर ३ का कमल शाह कानूकी तीन वषर्ीया छोरी र धर्मपुर स्थित मामा घर गएकी संग्रामपुरकी अमृता कुमारीको ज्यान गएको छ । त्यस्तै र्सलाहीको भक्तिपु २ का विनोद रायको रुले च्यापेर ज्यान गएको छ । घर भत्किँदा रौतहटको प्रि्रा पोखरियाका र्सपलाल साहको परिवारका ६ जना र्घाईते भएका छन् । घाइते मध्ये दर्ुइको अवस्था गंभीर छ । त्यस्तै आफनै घर अगाडिको रुख ढल्दा बसतपुर गाविस वडा नं २ की ५५ वषर्ीया धनमन्तीदेवी र जीतादेवी गम्भिर घाइते हुनु भएको छ । मुडबलवामा घर भत्किँदा तीन जना र्घाईते भएका छन् । त्यस्तै ब्रहृमपुरीको विद्यालयको छाना उडाउँदा शिक्षक मुरारी सिंह र पियन घाइते भएका छन । इलाका प्रहरी कार्यालय कटहरीया दर्जनौ स्कूलको छाना उर्डाई दिएको छ । प्रहरी कार्यालयमा रहेको संचार ऐण्टेना उडाउदा कतिपय प्रहरी चौकी संचार बिहिन भएका छन । त्यसैगरी महोत्तरीको हरिन मरी गाविसको वडानंबर ३, ४ र ५ नंबर वडाका २४ घरको छाना हावाले उर्डाई दिएको छ । त्यस्तै महोत्तरी गाविसमा रहेको मदर टेरेसा स्कूलको पर्खा भत्किँदा र छानो उडाउँदा सात विद्यार्थी र्घाईते भएका छन् । उनीहरुको जनकपुरमा उपचार भैरहेको छ । त्यस्तै हावा हुरीले बीरगंजका बिभिन्न ठाउमा क्षति पुगेको छ बीरगंजको नगवा नयाँ बस्तीका भीम श्रेष्ठको घर हुरीले भत्काएको हो । त्यस्तै एक दर्जन भन्दा बढी बासिन्दाको घरको छाना उर्डाई दिएको छ । त्यस्तै पर्सर्ााे जानकारीटोलमा रहेको मोवाइलको टावर भत्किदा ग्रामीण क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भएको छ । हावाहुरीले बारा तेलकुवाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको छाना उडाउँदा दर्ुइ जना विद्यार्थी र्घाईते भएका छन् । यसैबीच हावाहुरीले रुख लडाएर विजुलीको तार चुडाएपछि बर्दिया, कैलाली,दाङ् र सल्यानमा विद्युत सेवा बन्द भएको छ । चट्याङ् परेर दाङ् हापुर वगालेका टेकबहादुर वलीको घरमा आगो लागेको छ । यस्तै गोरखाको खरिबोटमा धनजनको क्षति हुने गरी परेको चटयाङ्गबाट पीडितहरुको उद्धार कार्य मौसमी प्रतिकूलताको कारण प्रभावित भएको छ