Sunday, May 3, 2009

र्समर्थन र विरोधमा ठाउँठाउँमा प्रदर्शन

Newsplus,
सरकारले प्रधानसेनापति रुक्माङगद कटवाललाई हटाएको विरोध र र्समर्थनमा काठमाण्डू उपत्यका सहित देशका विभिन्न ठाउँमा पर््रदर्शन भएको छ । पर््रदर्शनका कारण काठमाण्डूका रत्नपार्क, पुतलीसडक, चाबहिल, दरवारमार्ग, लैनचौर लगायतका स्थानमा सवारी आवगमन अवरुद्ध भएको छ । कटवाललाई हटाएको विरोधमा नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाण्डूको त्रिचन्द्र क्याम्पस घण्टाघर, शंकरदेव क्याम्पस पुतलीसडक, पशुपति क्याम्पस चावहिललगायतका क्याम्पस अघिका सडकमा विरोध पर््रदर्शन गरेको छ । त्यस्तै कटवाललाई हटाएको र्समर्थनमा एकीकृत नेकपा माओवादीका भ्रातृ संगठनहरुले काठमाण्डुका विभिन्न ठाउँमा जुलुश निकालेका छन् ।