Tuesday, April 28, 2009

लोडसेडिङ १२ घण्टा

Newsplus,

शुक्रबारदेखि लोडसेडिङ दैनिक १२ घण्टामा झर्ने भएको छ। मध्य मर्स्याङदीसहित अन्य नदीहरुमा पानीको सतह केही बढेकाले विद्युत गृहहरुमा बढी उत्पादन हुन थाले पछि लोडसेडिङ घट्ने भएको हो। नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका निर्देशक शेरसि‌ह भाटले मध्य मर्स्याङ्दी सहित नदिमा पानीका सहत बढेका कारण विद्युत उत्पादन बढेकाले हफ्तामा ८४ घण्टा लोडसेडिङ हुने जानकारी दिए। प्राधिकरणले लोडसेडिङ घटेको औपचारिक घोषणा नगरेपनि केही दिनदेखि लोडसेडिङमा कमी आएको थियो। नदीमा पानीका सतह घटे पछि पर्याप्त मात्रमा विद्युत उत्पादन हुन नसकेको भन्दै प्राधिकरणले दैनिक १६ घण्टा लोडसेडिङ गर्दै आएको थियो।