Tuesday, April 28, 2009

व्यवस्थापिका अवरुद्ध

NEWSPLUS,

ब्यबस्थापिका संसदको सोमबारको बैठक पनि सेनापतिको विषयमा सत्तारुढ र प्रतिपक्षको चर्काचर्कीपछि स्थगित भएको छ । व्यवस्थापिका संसदको सोमबारको बैठकमा पनि सेनापति स्पष्टीकरणको विषयलाई लिएर सभासदहरुबीच चर्काचर्की भएपछि नियमित कार्यसूचीमा नै प्रवेश गर्न सकेन । बैठकको सुरुमै माओवादी सभासद सालिकराम जमकट्टेलले सेनालाई बचाउन खोज्ने काग्रेससंग अबको लडाई सुरु हुने चेतावनी दिए । उनले अहिलेको लडाई सेनासंग भन्दा पनि प्रतिपक्षी कांग्रेससंग लडाई भएको बताए । एमालेले रात र दिनमा छुट्टा-छुट्टै निर्णय गर्ने आरोप लगाउदै सेनापतिका विषयमा स्पष्ट हुन आग्रह गरे । एमालेलाई सरकारमा सहभागी भएर घाटा लागेको भए समीकरण बदल्न उनले दबाब दिए । आठ जर्नेलको विषयमा सर्वोच्चले अन्तरिम आदेक रक्षा मन्त्रालयलाई लेखेको उल्लेख गर्दै कट्टेलले रक्षा मन्त्रालयसंग नसोधिकन पुनर्बहाली भयो भनी आफूखुसी फूली लगाइदिन नपाउने तर्क गरे ।