प्रधानसेनापति प्रकरणमा राष्ट्रपति डाक्टर रामबरण यादवले चालेको कदम असंवैधानीक भएको भन्दै एकीकृत नेकपा माओवादीले काठमाण्डू लगायत देशका मुख्य चार शहरमा पर््रदशन शुरु गरेको छ । काठमाण्डू, विराटनगर, नेपालगञ्ज र धनगढीमा राष्ट्रपतिको कदम विरुद्ध पर््रदशन शुरु भएको एकीकृत नेकपा माओवादीले जनाएको छ । पर््रदशन संगै दिउँसो खुल्ला मञ्चमा विरोध सभा गरिने माओवादी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । काठमाण्डू र आसपासका क्षेत्रबाट मात्रै झण्डै ३ लाख नागरिक सडकमा उत्रिने उहाँको दावी छ । राष्ट्रपतिले नागरिक सर्वोच्चतालाई चुनौती दिदै संविधान विपरित काम गरेकाले नागरिक सर्वोच्चता कायम गर्न पर््रदशन गर्न लागिएको उहाँको भनाई छ । राष्ट्रपतिको कदम फिर्ता हुनुपर्ने र नागरिक सर्वोच्चता कायम हुनुपर्ने माओवादीको माग छ । खुल्लामञ्चमा हुने विरोध सभालाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले ठाउँ ठाउँ बाट विरोध जुलुस निस्किरहेकेा छ । जुलुसको नेतृत्व गर्दै काम चलाउ सरकरका मन्त्रीहरु राष्टपति निवास हुदै काठमाण्डूका विभिन्न ठाउँको परिक्रमा गर्ने कार्यक्रम छ । बिरोध जुलुशका कारण काठमाण्डु उपत्यकाको सवारी आवागमनमा बाधा पुगेको छ ।
Sunday, May 17, 2009
प्रचण्डको आहृवान
Newsplus,
काम चलाउ सरकारका प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका लागि दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानसेनापति रुक्मांगद कट्वाललाई निरन्तरता दिने राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै एकीकृत माओवादीले काठमाण्डूमा गरेको सभालाई संवोधन गर्दै उहाँले आफूहरु नागरिक सर्वोच्चताका लागि सरकारबाट हटे पनि शान्ति प्रकृयाप्रति प्रतिवद्ध रहेको बताउनुभयो । विदेशीको इशारामा नया सरकार बन्न लागेको र शान्ति प्रकृया भांड्ने षडयन्त्र भैरहेको उहाँले आरोप लगाउनुभयो ।
राष्ट्रपतिको कदमविरुद्ध
Tuesday, May 12, 2009
विरोधको नयाँ शैलि
हरियो बाँसमा झुण्डिएका आधा दर्जनभन्दा बढी लाश…किरिया बसे जस्तै कपाल खौरिएकाहरु…एकोहोरो फुकेको शंखको आवाज….धेरै मान्छे छक्क परे आखिर यो के रहेछ ? पछि पो थाहा भयो, यो त विरोधको नयाँ शैलि रहेछ माओवादीहरुको। राष्ट्रपतिको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै सडकमा आन्दोलन गरिरहेका माओवादीहरुले आफूलाई मन नपर्ने नेता र राजदूतहरुको पुत्लाको लाश बनाई विरोध गरेका रैछन्।
त्यसो त टायर जलाएर आफ्नै र अरुको स्वास्थ्यमा हानी हुने गरी विरोध प्रदर्शन गर्नुभन्दा यस्तो विरोध राम्रो हो। तर यस्ता लाश नक्कली नै भए पनि सक्कली झैँ देखिने हुँदा यो देख्दा अलि मनै कस्तो कस्तो भने हुने रहेछ।राष्ट्रपति रामवरण यादव, सेनापति रुक्माङ्गद कटवाल, भारतीय राजदूत राकेश सूद, अमेरिकी राजदूत न्यान्सी जे पावेल, एमाले नेता केपी ओली, काँग्रेस नेता शेरबहादुर देउवा लगायतका नेताहरुको नाम लेखेर पुत्ला बनाइएको थियो।

वृद्धा बलात्कृत
Newsplus,
एक सय २ वर्षिया वयोवृद्धालाई बलात्कार गरेको आरोपमा धादिङको बेल्खुबाट दुई जना प्रकाउ परेका छन् । यसरी पक्राउ परेका धादिङ बैरेनीका ५० वर्षिय रामबहादुर दमाई र कुमबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय गजुरीले आवश्यक कारवाही शुरु गरेको प्रहरी निरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।उनीहरुलाई स्थानीय महिलाहरुले धादिङको बैरेनी गाविस ७ को बेल्खुमा एक्लै बस्दै आइरहेकी ती वृद्धालाई बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

विमानस्थलमा ३५ प्रहरी बिरामी
Newsplus,
त्रिभुवन विमानस्थलको सुरक्षाका लागि खटिएका करिव तीन दर्जन प्रहरी अज्ञात रोगका कारण एक्कासी बिरामी परेका छन् । सोमबार राती ८ बजेदेखि ती प्रहरीलाई टाउको दुख्ने, बान्ता आउने र रिङ्गटा लाग्ने भएपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।बिरामी परेका ३५ सुरक्षाकर्मीको अहिले वीरेन्द्र प्रहरी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुमा ´स्वाइन फ्लु´ को आशंका गरिए पनि अस्पतालले भने खराब पानीका कारण बिरामी परेको जनाएको छ । उनीहरुले खाना खाने मेसमा रहेको खानेपानीका कारण उनीहरु बिरामी परेको अस्पतालले जनाएको छ । उनीहरुमा ´स्वाइन फ्लु´ को लक्षण नरहेको अस्पातलले जनाएको छ । विमानस्थलमा पर्यटक ओहोरदोहोर गर्ने केन्द्र भएको हुनाले स्वाइन फ्लुको आशंका गरिएको थियो ।उपचारमा संलग्न चिकित्सक डा. संगिता घिमिरे र डा. मनिषा मास्केका अनुसार अस्पतालमा भर्ना भएका ३२ मध्ये १२ को अवस्था गम्भिर छ । उपचारका लागि अस्पताल लगिएका मध्ये कोही पनि काममा फर्किएका छैनन् ।

Subscribe to:
Posts (Atom)